धनगढी । कैलालीको धनगढीमा रहेको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ ।
आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली काँग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बन्नुभएको हो ।
हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयर समेत रहनुभएका वडले १४ हजार १४६ मत पाउनुभयो ।
उपमेयरमा गठबन्धनकालाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बन्नुभएको हो ।
प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार ८ : ०४ बजे
प्रतिक्रिया