आन्तरिक हवाई उडानमा अत्यधिक चाप

काठमाडौँ महानगरपालिकामा एक लाख मत गणना सकियो, बालेन्द्र शाहलाई १७ हजार मतान्तरको अग्रता

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा एक लाख मत गणना सकिएको छ।

अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह १७ हजार मतान्तरसहित अग्रता लिइरहनुभएको छ । 

एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झर्नुभएको छ । शाहले ३६ हजार २२६ मत पाउँदा काँग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह)को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहनुभएको छ । 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ७ : २७ बजे