दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

मुसिकोटका नवनिर्वाचित प्रमुखले गरे स्वास्थ्य सम्बन्धी यस्तो निर्णय.. 

गुल्मी। मुसिकोट नगरपालिकाले स्वास्थ्य सम्बन्धी पहिलो निर्णय गरेको छ। समग्र मुसिकोट नगरवासीको स्वास्थ्य सेवाको सुनिश्चितता कायम गर्न सम्पूर्ण स्वयंसेविकाको लागि प्राथमिक उपचार सामग्री उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख जीवलाल खरेल जीवनले बताउनुभयो। मुसिकोटमा एक सय उनन्तीस जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन्। 

मुसिकोट नगरपालिका नवनिर्वाचित नगरप्रमुख जीवन खरेलद्वारा पदभार ग्रहण कार्यक्रम कै क्रममा सो निर्णय गरिएको थियो।खरेल आफू पनि स्वास्थ्यकर्मी भएकोले स्वास्थ्य सम्बन्धी बढी चासो भएको बताउनु भयो। 

पदभार ग्रहण कार्यक्रममा खुसी व्यक्त गर्दै मुसिकोट नगरपालिकालाई समुन्नत र समृद्ध बनाउनका निम्ति सम्पूर्ण कर्मचारी र सबैको अगुवाइका लागि मेलमिलापपूर्ण वातावरण सृजना गर्न नगरप्रमुख खरेलले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। 

कार्यक्रममा नगरपालिका सबै कर्मचारीद्वारा नवनिर्वाचित नगरप्रमुख खरेललाई  टीका माला अर्पण सङ्गै शुभकामना व्यक्त गर्ने कार्यक्रम रहेको थियो।

-महेन्द्र कौशल

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : ४० बजे