दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन शाह अग्रस्थानमा नै 

काठमाडौं । नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै नेपाली कांग्रेसकी सिर्जना सिंह काठमाडौं महानगरपालिकामा दोस्रो स्थानमा पुग्नुभएको छ । 

राष्ट्रियसभा जारी मतगणना १९ हजार १४९ भोट ल्याएर कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा उक्लिनुभएको हो । सिंह दोस्रो स्थापना उक्लिदा एमालेका स्थापित तेस्रो स्थानमा झर्दै १९ हजार १ सय १३ मतमा सीमित हुन पुग्नुभएको छ । 

पहिलो स्थानमा रहेका बालेन शाह धेरै अगाडि हुनुहुन्छ ।  लौरो चुनाव चिन्हसहित स्वतन्त्र उम्मेदवार शाह ३४ हजार ९ सय ४८ मतसहित अग्रस्थानमा हुनुहुन्छ । 
 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ६ : ४० बजे