यस्तो छ आजको विनिमय दर

ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार , आरोपी मनोज पाण्डे स्वयम्भुबाट पक्राउ

काठमाडौं ।  आठ वर्ष अघि एक सौन्दर्य प्रतियोगितामा सहभागी नाबालिगमाथि भएको यौनहिंसा तथा बलात्कारसम्बन्धी घटनाको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् ।  अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

बुधबार एक युवतीले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लीप सार्वजनिक गर्दै १६ वर्षको हुँदा आफूमाथि एक सौन्दर्य प्रतियोगिताका सञ्चालकले बलात्कार गरेको खुलासा गरेकी थिइन ।

 टिकटक र विभिन्न सामाजिक सञ्जाल हुँदै यो मुद्दा राष्ट्रिय चासोको विषय बनेपछि संसदलेसमेत यसबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको थियो । 

भिडियोबारे गृह मन्त्रालयलेसमेत आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गृहमन्त्रालयलेको निर्देशन पछि प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समितिसमेत बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी  उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का  रहनुभएको छ । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ । 

 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ६ : १२ बजे