दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेन शाहको निरन्तर अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गन्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहनुभएको छ।

लौरो चिन्हवाट स्वतन्त्र उम्मेदवार हनुभएका शाहले निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले पछि पार्दै ३५ हजार १ सय ३० मत प्राप्त गरिसक्नुभएको छ ।

महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो । शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरुमा मतगणना जारी छ । अभmैं ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी छ । ९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ । जसमध्ये १० र ११ नम्बर वड कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ३ : ११ बजे