दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

सगरमाथा आरोही डा भुसाललाई सम्मान

काठमाडौँ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएकी डा प्रिती भुसाललाई सम्मान गरेको छ । आज यहाँ आयोजित  कार्यक्रममा अस्पतालका अध्यक्ष तथा इञ्जीनियर दीपक कुँवरले  वैशाख २९ गते बिहान सगरमाथाको सफल आरोहण गर्नुभएकी उहाँलाई सम्मान गर्नुभएकोे हो । डा भुसाल सोही अस्पतालमा कार्यरत हुनुहुन्छ ।

अध्यक्ष कुँवर र कार्यकारी निर्देशक डा विनोद बिजुक्छेले नेपाली महिला चिकित्सकका तर्फबाट सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरी ग्राण्डी अस्पतालको समेत नाम राख्न सफल हुनुभएको भन्दै बधाई दिनुभयो  । आरोही डा भुसालले कोभिड–१९ को लडाइँविरुद्ध अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालकको उच्च सम्मानका लागि आफूले सगरमाथा आरोहण गरेको बताउनुभयो ।

यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नाको विकल्प नरहेको सन्देश दिन र हिमालयन क्षेत्रमा बढ्दो प्रदूषण रोक्नुपर्ने सन्देश दिन पनि आफूले सगरमाथाको आरोहण गरेको उहाँको भनाइ थियोे ।
हिमालयन सेफ्हर्ड इको टुरिजममार्फत सगरमाथाको सफल आरोहण गर्नुभएकी  डा भुसालले सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर लोपुचे हिमालको सफल आरोहण गर्नुभएको थियो । उहाँ सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला चिकित्सक हुनुहुन्छ ।
 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १२ : ४७ बजे