दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

काठमाडौं-११ को मतगणना सुरु: १०० भोट गन्दा सिर्जना अघि

काठमाडौं । काठमाडौँ महानगरपालिकाको कोर एरियामा पर्ने अर्को वडाको मतगणना सुरु भएको छ । वडा नम्बर ११ को प्रारम्भिक मतगणनामा कांग्रेसकी सिर्जना श्रेष्ठ अगाडि हुनुहुन्छ । 

हालसम्म १०० वटा मत गणना सकिएकोमा सिर्जना सिंहले ४३ मत ल्याउनुभएको छ । दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ मत ल्याउनुभएको छ । एमालेका उम्मेदवार केशव स्थापित १७ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीको ३ भोट मात्र आएको छ । यो वडा त्रिपुरेश्वर क्षेत्रमा पर्छ ।

उपमेयरको मतगणनामा भने एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता छ । उहाँले २५ मत ल्याउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १० भोट ल्याउनुभएको छ । 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १२ : ३६ बजे