हेटौंडा । मकवानपुरको मनहरीमा कार दुर्घटना भएको छ । दुर्घटनामा हेटौंडा–९ का योग्यराज सापकोटा गम्भीर घाइते हुनुभएको छ ।
शनिबार बिहान मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको सापकोटा सवार प्रदेश–३–०१ ०२४ च २९३१ नम्बरको कार रोकिराखेको ट्यांकरसँग ठक्कर खाएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त कारमा सापकोटासहित उहाँकी श्रीमती, उहाँका दुईजना बच्चा रहेको र सबै घाइते भएको जनाइएको छ ।
घाइते ४ जनालाई उद्धार गरी उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज लगिएको जनाइएको छ । सापकोटाको र उनकी श्रीमतीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।
प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार १२ : ०० बजे
प्रतिक्रिया