दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

कामपा ८ मा कांग्रेसको नेतृत्व

​​​​​​​काठमाडौँ ।   काठमाडौँ महानगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत अध्यक्षमा विजय हुनुभएको छ ।  

सङ्गतले नेकपा (एमाले)का उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय हुनुभएको हो । उहाँको प्यानलनै निर्वाचित भएको हो । 

सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी  सदस्यमा शेखर देउला र सलोनी वडारी विजय हुनुभएको छ । महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजय हुनुभएको हो । 

हाल कामपा वडा नम्बर १, २, ३, ४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नम्बर ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना कार्य जारी छ । 

कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ ।  
 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ११ : ५४ बजे