दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बेलबारी नगरपालिका प्रमुखमा एमालेका राई, उपप्रमुखमा कांग्रेसका थापा

विराटनगर। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको  बेलबारी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका दिलप्रसाद राईले १६ हजार ४२२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा कांग्रेसका  महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा कांग्रेसकी नितु थापाले १३ हजार ७३१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी तीलकुमारी न्यौपानेले १३ हजार ६०५ मत प्राप्त गर्नुभएको छ । कांग्रेसले वडा नं १, ४, ६, ९, १० र ११, एमालेले २, ३ ५  र ७ मा  तथा ८ मा स्वतन्त्रका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गर्नुभएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ११ : ०० बजे