दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

ललितपुरको महालक्ष्मी नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस निर्वाचित

ललितपुर । महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी हुनुभएको छ । 

प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवप्रसाद कट्टेलले पाँच हजार ६५८ मत पाउनुभएको छ । 

उपप्रमुखमा विजयी महर्जनले नौ हजार ५९१ मत र निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वीणा सुवेदीले आठ हजार ६८३ मत पाउनुभएको छ । 

नगरपालिकाका १० वडाका मध्ये एमालेका उम्मेदवार छ वडामा र काँग्रेसले तीन र माओवादीले एक वडामा अध्यक्ष जितेको छ । 

एमालेबाट  वडा नम्बर १ मा छिरिङ लामा, वडा नम्बर २ मा ध्रुव खत्री, वडा नम्बर ३ कुवेर केसी, वडा नम्बर ४ मा अमृत खत्री,  वडा नम्बर ८ मा विश्वराज श्रेष्ठ र वडा नम्बर १० मा विजय लामा विजयी हुनुभएको छ । 

काँग्रेसबाट वडा नम्बर ५ मा कपिल केसी, वडा ७ मा बाबुराजा महर्जन, वडा ९ मा जयकृष्ण बोगटी वडाध्यक्ष विजयी हुनुभएको छ । माओवादीबाट वडा नम्बर ६ मा धर्म महर्जन विजयी हुनुभएको छ । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : १७ बजे