दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

रुपन्देहीको मर्चवारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता प्रगतिशील पार्टी विजयी

भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित हुनुभएको छ । 

४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गर्नुभयो । एक हजार १ सय ४० मतान्तरले विजयी हुनुभएका गया नेपाली काँग्रेसबाट नै मर्चवारीको टिकट पाउने चर्चा थियो, अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि गया जनता प्रगतिशील पार्टी प्रवेश गर्नुभएको थियो ।

यस्तै, पालिका उपाध्यक्षमा पनि जनता प्रगतिशील पार्टीकै आशा सिंह २ हजार ९ सय ६५ मत ल्याई विजयी हुनुभएको छ  । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको सुमन यादवले २ हजार ४ सय ९ मत प्राप्त गर्नुभयो । 

७ वडा रहेको मर्चवारीमा वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका कृष्ण कुमार सिंह ७ सय ६३ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका क्षेत्रीय सभापति मुकेश यादवले ७ सय ३७ मत प्राप्त गर्नुभयो । 

वडा नम्बर २ मा लोसपाकै शशिदयाल चौधरी,  वडा नम्बर ३ मा नेपाली काँग्रेसका जर्नादन यादव, वडा नम्बर ४ मा लोसपाका ओम प्रकाश चौधरी, वडा नम्बर ५ मा जनता प्रगतिशील पार्टीका कृष्ण कुमार सिंह, वडा नम्बर ६ मा जनमत पार्टीका रामसेवक खरविन्द, र वडा नम्बर ७ मा जनता प्रगतिशील पार्टीका गणेश चौधरी कुर्मी निर्वाचित हुनुभएको  छ ।  २२ हजार ७ सय ४७ मतदाता रहेको पालिकामा १७ हजार ३ सय ५७ जनाले मताधिकार प्रयोग गरेका थिए ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ७ : ५९ बजे