दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

गठबन्धनलाई हराउँदै कलैया उपमहानगरको मेयर-उपमेयर दुवैमा एमाले विजयी

बारा – बाराको कलैया उपमहानगरपालिकामा मेयर-उपमेयर दुवै पदमा नेकपा एमालेले विजय हाँसिल गरेको छ।

सत्तारुढ चार दलीय सत्ता गठबन्धनलाई पराजित गर्दै मेयरमा एमालेका विनोदप्रसाद साह २३ हजार १६१ मतसहित विजयी हनु भएको हो ।

त्यसैगरी उपमेयरमा पनि नेकपा एमालेकै रौशन परविन १८ हजार २५९ मतसहित विजयी हुनु भएको छ ।

कलैयामा एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहित चार दलको गठबन्धन थियो।

यहाँ गठबन्धनबाट मेयरमा कांग्रेसका राजेशराय यादव र उपमेयरमा जनता समाजवादीका नेता एवम् संविधानसभा सदस्य प्रमोदप्रसाद गुप्ता मैदानमा थिए।

२७ वटा वडामध्ये एमालेले नौवटा वडामा जित दर्ता गराएको छ। त्यसैगरी एकीकृत समाजवादी पार्टीले यहाँ एउटा वडामा जित निकालेको छ।

यहाँ मेयरमा एमालेका साहले कांग्रेसका राजेशप्रसाद यादवलाई पराजित गरेका छन्। पराजित यादवले १७ हजार ७३३ मत ल्याए।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ९ : ३६ बजे