दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

६० हजार मत गणना हुँदा रेणु तीन हजार बढी मतान्तरले अगाडि

चितवन – भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा प्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बन्नु भएकी दाहालले तीन हजार २०५ मतले अग्रता लिनुभएको छ ।

महानगरको वडा नम्बर १ देखि १२ सम्मको गणना सम्पन्न हुँदा दाहालले २२ हजार ५९८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार विजय सुबेदीले १९ हजार ३९३ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार ३७९ मत प्राप्त गर्नुभयो ।

महानगरको उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङ्लाई नौ हजार ५५३ मत अन्तरले अग्रता कायम राख्नु भएको छ । अधिकारीले २४ हजार ८५४ मत प्राप्त गर्दा हिमला गुरुङ्ले १५ हजार ३०१ मत प्राप्त गर्नुभयो । यस महानगरपालिकाको अहिलेसम्म गणना सम्पन्न भएका वडामा वडा नम्बर १, २, ४, ५, ६, ८, १० नेपाली कांग्रेस, ३, ११ र १२ एमाले, ७ र ९ नेकपा (एकीकृत समाजबादी)का उम्मेदवार अध्यक्षमा विजयी हुनु भएको छ । यस पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : १५ बजे