दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

भ्रष्टाचार मुद्दामा निलम्बित वडा अध्यक्षले गाउँपालिका जिते,सपथ नगराउन आयोगको निर्देशन

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको सपथग्रहण रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायको सपथग्रहण रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुखको आग्रहमा सपथग्रहण रोक्न निर्देशन दिइएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।

तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो । अवैध रुपमा नदीजन्य वस्तु ढुङ्गा, वालुवा उत्खनन गरेर सरकारी राजश्व हिनामिना गरेको आरोप उपाध्यमाथि छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस मुद्दामा मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्ष दिंवगत नवलसिंह रावलसहितका १४ जनप्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।५६ लाख रुपैयाँ बिगो माग दाबीसहित अदालतमा आरोप पत्रमा दायर गर्ने बेला उपाध्याय वडा नम्बर २ को वडाध्यक्ष थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ३ : ०३ बजे