दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

प्रतिस्पर्धीलाई काँधमा राखेर घुमाए नवनिर्वाचित वडाध्यक्षले

काठमाडौँ । वैशाख ५ गते बिहानबाट सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भयो । त्यो स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्षले प्रत्यासी उमेदवारलाई काधमा बोकेको तस्बिर थियो। सुन्दा सामान्य लागे पनि हेटौंडामा भने यसले विशेष प्राथमिकता पाइरह्यो।

विजयी उमेदवारलाई पराजित उमेदवारले विद्यालयमा पढाउनुभएको रहेछ । संयोग भनौं हेटौंडा–५ को वडा अध्यक्ष निर्वाचित भएका सुशील घिमिरे नेकपा एमालेबाट विजयी बन्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी ह्यग्रीव आचार्य पराजित बन्नुभयो । घिमिरेले आचार्यलाई काधमा बोकेर खुशीयाली मनाउनुभयो। यो तस्वीर खिच्नुभएको थियो हेटौंडाका फोटो पत्रकार ॐ फुयालले। आफ्ना गुरुसँग चुनावी प्रतिस्पर्धाका क्रममा पनि घिमिरेले सौहार्दता प्रस्तुत गर्नु भएको थियो । चुनावी अभियानका क्रममा घरदैलोमा आउँदा सुशीलले आफ्ना गुरु ह्यग्रीव आचार्यलाई दही सगुन खुवाएर शुभकामना दिनुभएको थियो। ह्यग्रीव आचार्यको उमेदवारी घोषणाभन्दा अगाडि नै सुशील वडा अध्यक्षको उम्मेदवार निश्चित भइसक्नु भएको थियो । आफ्नै चेलासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा ह्यग्रीव आचार्यले असहज महसुस गरे पनि आफूहरूबीच सौहार्दपूर्ण वातावरण हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

संयोग भनौं हेटौंडा–५ को वडा अध्यक्ष निर्वाचित भएका सुशील घिमिरे नेकपा ९एमाले० बाट विजयी बन्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी ह्यग्रीव आचार्य पराजित बन्नुभयो  । घिमिरेले आचार्यलाई काँधमा बोकेर खुशीयाली मनाउनुभयो ।
वडा अध्यक्षमा विजयी सुशीलले प्रदर्शन गरेको सौहार्दता र आफ्ना गुरुप्रति प्रदर्शन गरेको सम्मानलाई लिएर सर्वसाधारणले प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा सुशीललाई बधाई दिँदै सुशीलले आफ्ना गुरुप्रति प्रस्तुत गरेको सम्मानको उनका साथीभाइ, चिनजानका मानिसले प्रशंसा र सराहना गर्दै सामाजिक सञ्जालमा सौहार्दताप्रति आभार समेत व्यक्त गरेका छन् । घिमिरे २ हजार ५ सय ३० मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा आचार्यले १ हजार ३ सय ९० मत पाउनु भएको थियो ।

स्वतन्त्र समाचार 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  २ : ५६ बजे