दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

यी १२ जिल्ला जहाँ माओवादीले एक सिट पनि जितेन

काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्र १२ जिल्लामा सून्यको अवस्थामा पुगेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत ३७ जिल्लाको पूर्ण नतिजा आउँदा माओवादी केन्द्र १२ जिल्लामा सून्य देखिएको छ ।

माओवादी केन्द्रले धनकुटा, संखुवासभा, तेह्रथुम, रसुवा, भक्तपुर, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र नवलपरासी पूर्वका एउटै पालिकामा प्रमुख जित्न सकेन । यसैगरी काठमाडौं, कास्की र बाजुरामा पनि माओवादी प्रमुखमा निल हुने अवस्था देखिएको छ ।

पोखरा र काठमाडौं महानगरमा मतगणना जारी भए पनि प्रमुख र उपप्रमुखमा माओवादीका उम्मेदवार छैनन । त्यस्तै नागार्जुनमा कांग्रेस र एमाले प्रतिस्पर्धामा छन । त्यस्तै, बाजुराको बुढीनन्दामा पनि माओवादी प्रतिस्पर्धा भन्दा निकै टाढा रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  २ : ५३ बजे