दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी 

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि जारी छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनको शुक्रबार चौथो बैठक बसिरहेको छ । 

उक्त प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथिको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहनुभएको छ । 

बुधबारबाट सुरु भएको सो छलफल शुक्रबार पनि चलेको हो  । बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बैठकमा सहभागी हुन निर्देशन दिनुभएको थियो। शुक्रबारको जारी बैठकमा मन्त्री शर्मा सहभागी हुनुहुन्छ । 
 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १ : २२ बजे