विराटनगर । विराटनगर महानगरपालिकाको महानगरको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता कायम गरिरहेको छ ।
मतगणनाको पछिल्लो परिणाम अनुसार महानगरको प्रमुख पदमा नेपाली काँग्रेसका नागेश कोइराला २५ हजार ३ सय १२ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेकपा एमालेका सागरकुमार थापाले १८ हजार ८ सय ३५ मतका साथ पछ्याइरहनुभएको छ ।
त्यसैगरी, महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेकी शिल्पा कार्कीले २२ हजार १४ मतका साथ अग्रता कायम गरिरहनुभएको छ भने उहाँलाई जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १२ हजार ३ सय ६६ मत ल्याएर पछ्याइरहनुभएको छ ।
महानगरपालिकामा ८९ हजार ६ सय मत खसेकोमा अहिले सम्म ७७ हजार ३ सय ५ मत गणना भइसकेको छ ।
प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ११ : १२ बजे
प्रतिक्रिया