आन्तरिक हवाई उडानमा अत्यधिक चाप

धादिङको थाक्रे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र विजयी 

धादिङ । धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

अध्यक्षमा एमाले उम्मेदवार रामकुमार आचार्य दुई हजार २३९ मतको अन्तरमा विजयी हुनुभएको हो । 

आचार्यले १० हजार ३५५ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद विडारीले आठ हजार ११६ मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपाध्यक्षमा पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका यन्त्रबहादुर थापाले एमालेकी अम्बिका रुपाखेतीलाई ३४० मतान्तरले हराउनुभयो । थापाले नौ हजार ४३१ तथा रुपाखेतीले नौ हजार ९१ मत प्राप्त गर्नुभयो ।

योसँगै धादिङको दुई नगरपालिका, ११ गाउँपालिका र १०४ वडाको नतिजा आएको छ । काँग्रेसले पालिका प्रमुख सात र उपप्रमुख पाँच, माओवादी केन्द्रले पालिका प्रमुख तीन र उपप्रमुख पाँच, एकीकृत समाजवादीले पालिका प्रमुख एक र उपप्रमुख तीन तथा एमालेले दुई पालिका प्रमुखमा जित हासिल गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : ०६ बजे