दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा, उपप्रमुखमा एमाले विजयी

धनुषा । धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा काँग्रेस उम्मेदवार विनयकुमार यादव ५ हजार ५५६ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम  प्रतिद्वन्द्वी एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सुदिपकुमार दङ्गालले जानकारी दिनुभयो ।

यसैगरी, उपप्रमुखमा एमालेकी राधादेवी यादव ५ हजार ७३० मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम  प्रतिद्वन्द्वी काँग्रेसकी रञ्जुकुमारी साहले ५ हजार ५२३ मत प्राप्त गर्नुभएको छ । 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १० : ५८ बजे