दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

नेपालगञ्ज उपमहानगरको प्रमुखमा काँग्रेस, उपप्रमुखमा जसपा विजयी

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । 

प्रमुखमा काँग्रेसका प्रशान्त विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराउनुभयो । उहाँ २३ हजार ४६० मत ल्याएर निर्वाचित हुनुभएको छ । एमालेका मिश्रले ११ हजार ६७५ तथा राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९८ मत पाउनुभएको छ । 

उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई विजयी हुनुभयो । उहाँले एमालेकी शान्ति ढकाललाई पछि पार्दै १७ हजार ९५० मतले विजयी हुनुभएको छ ।  

ढकालले १० हजार ९१५ मत पाउँदा राप्रपाकी विन्दु चर्तीमगरले १० हजार १३५ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले जानकारी दिनुभयो ।  

नेपालगञ्ज उपमहानगरपालिकामा कूल मतदाता सङ्ख्या ८१ हजार ७९४ रहेकामा ६१ हजार २०५ मत खसेको थियो । उपमहानगरपालिकामा एक हजार ४९ मत बदर भएको थियो । २३ वडा रहेको उपमहानगरपालिकामा जसपा ६, काँग्रेस पाँच, एमाले पाँच, माओवादी केन्द्र चार र राप्रपा तीन वडामा विजयी भएको छ । 

बाँकेमा हालसम्म तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ ।  दुई गाउँपालिकामा काँग्रेस र एउटामा गठबन्धनका उम्मेदवार निर्वाचित हुनुभएको छ । रासस 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १० : ५५ बजे