आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मोरङको उर्लाबारी नगरपालिकामा एमाले र ग्रामथान गाउँपालिकामा काँग्रेस विजयी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा नेपाली काँग्रेस तथा उर्लाबारी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । 

ग्रामथानको अध्यक्षमा काँग्रेसका जयप्रकाश गच्छदार थारु सात हजार ६०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा एमालेकी गुणावतीदेवी थारु ६ हजार १२३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भुखनीकुमारी माझीले पाँच हजार ४४८ मत प्राप्त गर्नुभएको छ ।

सात वडा रहेको यस पालिकामा पाँचमा एमाले तथा एक/एकमा काँग्रेस र माओवादी केन्द्र विजयी भएका छन् ।

उर्लाबारी नगरपालिकाको प्रमुखमा एमाले विजयी
​​​​​​​उर्लाबारी नगरपालिकाको प्रमुखमा एमालेका गङ्गाप्रसाद खरेल १२ हजार १५६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका खड्गबहादुर फागोले १० हजार २९० मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेकी मीनाकुमारी खतिवडा १० हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सीता कार्कीले १० हजार ६४० मत प्राप्त गर्नुभएको छ ।

नौ वडा रहेको उर्लाबारीमा पाँचमा एमाले र चारमा काँग्रेस विजयी भएको छ । मोरङमा ६ स्थानीय तहको मत परिणाम घोषणा हुन बाँकी रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ९ : ३२ बजे