दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष काँग्रेस, उपाध्यक्षमा एमाले विजयी

झापा । झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका मनोज प्रसाईँ निर्वाचित हुनुभएको छ ।

उहाँले ११ हजार ४०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की मीरा भुर्तेलले आठ हजार ३०२ मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा एमालेकी भवानी खतिवडा आठ हजार ७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र० का खड्गबहादुर तिम्सिनाले पाँच हजार २१६ मत प्राप्त गर्नुभयो । रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : १९ बजे