काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा उनकै पार्टीका वडा अध्यक्षका उमेद्वारले जम्मा एक भोट पाएका छन् ।
गुजारा नगरपालिका वडानम्बर ३ का नेकपा (एकीकृत समाजवादी) बाट वडा अध्यक्षका उमेद्वार बनेका दीपक चौधरीले जम्मा एक भोट पाएका हुन् ।
वडामा समाजवादीले जम्मा एक भोट प्राप्त गर्दा एमालेका गजेन्द्र चौधरी वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेका चौधरीले ५ सय ३० मत प्राप्त गरेर वडाध्यक्षमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ईश्वर प्रधानले ५ सय २२ मत प्राप्त गरेका थिए ।
चौधरी दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार ७ : २६ बजे
प्रतिक्रिया