भरतपुरमा कसले कति पाए मत ?

चितवन – भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५ हजार ७६२ मत गणना हुँदा उनले मेयरमा ३ हजार २६४ मतको अन्तर बनाएकी हुन् । 

दाहालले १७ हजार २९० मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १४ हजार ०२६ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ७ हजार ‍४० मत पाएका छन् । 
त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी १९ हजार ८४८ मत पाएका छन् भने उपमेयरमा राप्रपाकी हिमला गुरुङले ११ हजार २१९ मत पाएकी छन् । 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : १० बजे