म्यादी प्रहरीको म्याद आजबाट सकिँदै

काठमाडौँ । आज राति १२ बजेदेखि म्यादी प्रहरीको म्याद सकिँने भएको छ ।

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले जेठ ५ गतेसम्मका लागि एक लाख म्यादी प्रहरीका लागि आवेदन खुला गरी दरखास्त आह्वान गरेको थियो। देशभरका विभिन्न जिल्लाबाट एक लाख म्यादी प्रहरी स्थानी तह निर्वाचनका लागि भर्ना गरिएको थियो। 

देशैभर खटिएका एक लाख म्यादी प्रहरीहरूको भोलि शुक्रबार जेठ ६ गतेबाट म्यादी प्रहरीको म्याद सकिँदैछ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ६ : ५१ बजे