स्थापितको कोर एरियाभित्र २०० मत गन्दा एक्लैको ११८ मत

काठमाडौं। काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ ।

कोर एरियाभित्र पर्ने यो वडामा एमालेका केशव स्थापितले सुरुवाती अग्रता लिएका छन् । यो वडा महावौद्ध क्षेत्र पर्छ ।

हामीलाई प्राप्त पहिलो अपडेट अनुसार २०० मत गन्दा स्थापित एक्लैले ११८ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहको ३२ मत आएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ५ : ३८ बजे