काकालाई हराउँदै पुरै प्यानलसहित भतिज विजयी

काठमाडौं ।आफ्नै काकालाई हराएर पुरै प्यानलसहित भतिज वडा अध्यक्ष बन्न सफल भएका छन्।

​​​​​​​ रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ३ का नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका  श्यामाकान्त यादवले नेपाली काँग्रेस कटहरियाबाट वडा अध्यक्षका उम्मेदवार उमेश यादव अर्थात आफ्नै काकालाई हराएर वडा अध्यक्षमा निर्वाचित भएका हुन्। नवनिर्वाचित वडा अध्यक्ष श्यामाकान्त उमेशका आफ्नै दाइका छोरा हुन् ।

श्यामाकान्तले ७ सय २७ मत प्राप्त गरेका थिए भने उनका काकाले ५८७ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार श्यामाकान्त पुरै प्यानलसहित विजयी भएका थिए ।

एमालेबाट वडा सदस्यहरूमा सीता देवि पटेल, रामअज्ञा साह सोनार,दिलिप साह तेली,कान्ति देवि पासवान विजयी भएका छन्।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ४ : ०७ बजे