जनकपुरधामका स्वतन्त्र उम्मेदवार साह २ हजार भन्दा बढी मतले अगाडी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार  मनोज कुमार साह  २ हजारभन्दा बढी मतले अगाडी रहनु भएको छ ।  

उहाँका निकटतम प्रतिस्पर्धी शिवशंकर साह हिराले ३ हजार ४ सय ९७ मत प्राप्त गर्नु भएको छ  भने गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार जनता समाजवादी पार्टीका लालकिशोर साहको मत परिणाम निराशाजनक देखिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर पदका उम्मेदवार मनोज चौधरीले २ हजार ३ सय ४० मत प्राप्त गर्नु भएको छ ।स्वतन्त्र उम्मेदवार साहले नेपाली काँग्रेसको वागी भएर ट उम्मेदवारी दिनु भएको हो  । 

यसै गरि नेपाली काँग्रेसका उपमेयर पदका उम्मेदवार किशोरी साहले ६ हजार १सय १ मत प्राप्त गरेर अग्रता लिइरहनु भएको छ । उपमेयर पदमा नेकपा एमालेका रुना देवी झाले ३ हजार ८ सय ७६ मत प्राप्त गर्नुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपमेयर पदका उम्मेदवार एवं निवर्तमान उपमेयर रिता कुमारी मिश्रले २ हजार ४ सय १२ मत प्राप्त गर्नुभएकोे छ ।  

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ४ : ०६ बजे