लोसपाकाे खुल्यो खाता , सर्लाहीमा गोडैतामा यादव र कुशवाहा निर्वाचित 

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जितेको छ । गोडैताको जितसँगै सर्लाहीमा लोसपाले खाता खोलेको छ। गोडैता नगरपालिकामा दोस्रो कार्यकालको लागि पुन : मेयर पदमा देवेन्द्र कुमार यादव र उपमेयरमा अञ्जना कुशवाहा  विजयी भएको छ ।

 नगर प्रमुखमा निर्वाचित यादवले ५ हजार २ सय ९४ मत प्राप्त गर्नुभयो भने उपप्रमुखमा कुशवाहाले ५  हजार ३ सय १ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ  ।

नगर प्रमुख यादका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र प्रसाद कुशवाहाले ४ हजार ७ सय ५२ मत प्राप्त गर्नुभयो । 

  त्यस्तै उप प्रमुख कुशवाहाको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामशखी देवीले  ४ हजार ४ सय ९३ मत प्राप्त गर्नुभयो । नगर प्रमुखमा पराजित भएका कुशवाहा यस अघि मधेस प्रदेशका प्रदेश सभा सदस्य हुनुहुन्थ्यो  । मेयरमा जित्ने अटुट विश्वासले प्रदेश सांसदबाट उहाँले राजीनामा दिनुभएको थियो । 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ३ : ५५ बजे