कैलारीमा कांग्रेस निर्वाचित

कैलाली। कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित हुनुभएको छ ।

चौधरीले १० हजार ४९२ मत प्राप्त  गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का लाजुराम चौधरीले छ  हजार ४३० मत प्राप्त गर्नु भएको हो । 

यस्तै उपाध्यक्षमा कांग्रेसकै भगवतीकुमारी चौधरीले १० हजार ४८४ मत प्राप्त गर्नुभएको छ भने उहाँकी प्रतिस्पर्धी माओवादीका लक्ष्मी सत्गौवा थारुले छ हजार ४७७ मत प्राप्त गर्नुभएको छ । 

३६ हजार ७३५ मतदाता रहेको कैलारीमा २८ हजार ६७५ मत खसेको थियो । यसमध्ये तीन हजार ९४० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस गाउँपालिकाको वडा नं ३ मा माओवादीबाट दलित महिला सदस्यबाहेक एकदेखि ९ नंं वडासम्म पूरै प्यानलसहित कांग्रेसले विजयी हासिल गरेको छ । 
 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ३ : १८ बजे