एउटै वडामा श्रीमान् एमाले र श्रीमती कांग्रेसबाट वडा सदस्यमा निर्वाचित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा पतिपत्नी नै वडा सदस्यमा निर्वाचित भएका छन् ।
​​​​​​​

नेकपा एमालेको तर्फबाट दोधारा चाँदनी नगरपालिका ७ बाट खुला सदस्यमा उम्मेदवार बनेका सन्दीप उपाध्याय विजयी भएका हुन् । यस्तै उनकी श्रीमती कमला उपाध्याय नेपाली कांग्रेसबाट महिला सदस्य पदमा विजयी भएकी छन्। सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत प्राप्त गरेका छन् ।

दुई अलग पार्टीबाट उम्मेदवारी दिए पनि दुवै जना जनप्रतिनिधिको रूपमा चुनिएको स्थानीय निर्वाचन २०७९ मा यो नै पहिलो घटना हो । फरक दल भएका कारण उनीहरूले एक अर्कालाई भोट समेत नहालेको बताएका छन् । राजनीतिक धोका हुने भन्दै उनीहरूले एक अर्कालाई भोट नहालेको बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ३ : १५ बजे