लमजुङको क्व्होलासोथारमा एमालेको क्लिन स्वीप

काठमाडौं। लमजुङको क्व्होलासोथार गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले क्लिन स्वीप गरेको छ ।

अध्यक्षमा एमालेका सूर्यप्रसाद गुरुङ ३,८५६ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २,४८९ मत ल्याएका छन् ।

त्यस्तै, उपाध्यक्षमा एमालेकै गोमीमाया गुरुङ ३९८९ मतसहित निर्वाचित हुँदा कांग्रेसकी सिर्जना गुरुङले २३४० मत ल्याएकी छन् ।

त्यसैगरी गाउँपालिकाका नौ वटै वडामा समेत एमाले विजयी भएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  २ : ५१ बजे