आन्तरिक हवाई उडानमा अत्यधिक चाप

पोखराको उपमेयरमा काग्रेंसलाई उछिनेर अघि लाग्यो एमाले 

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगिरहेको बेला उपमेयरमा भने एमाले अगाडी लाग्न सुरु भएको छ । पोखरामा हालसम्म ५२ हजार ८१७ मत गणना भइसक्दा मेयरका उम्मेदवार गठबन्धनका धनराज आचार्यले २ हजार ४९५ मतान्तर बनाउनुभएको छ । 

उहाँले हालसम्म २१ हजार ८८० मत पाउनुभएको छ । उहाँलाई पछ्याइरहनु भएका  नेकपा एमालेका कृष्ण थापाले १९ हजार ३८८ मत पाउनुभएको छ ।  मेयरकै दौडमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले २ हजार १८६ मत पाउनुभएको छ । त्यसैगरीइ अटेरी अभियानमार्फत स्वतन्त्र उम्मेदवारी दिनुभएका  खडकराज पौडेल ‘गनेस’ले १ हजार १८३ मत ल्याउनुभएको छ । 

महानगरको उपप्रमुखमा भने एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेपाली कांग्रेसकी कोपिला रानाभाट र नेकपा एमालेकी मञ्जुदेवी गुरुङबीच थोरै मत अन्तर मात्रै छ ।  रानाभाटलाई एमाले उम्मेदवार गुरुङले  ९ मतले मात्रै पछाडि पार्नुभएको छ ।  ४५ हजार मत गन्दासम्म उपमेयरमा कांग्रेसले अग्रता लिइरहेको थियो । अब भने एमालेले उपमेयरलाई पछी पार्न सुरु गरेको हो । 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  २ : २९ बजे