शीतगङ्गाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

अर्घाखाँची। शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस  र उपप्रमुखमा एमाले विजयी भएको छ । गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल नगरप्रमुखमा १० हजार ७८ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का वसन्तकुमार श्रेष्ठले नौ हजार ८९२ मत ल्याएर पराजित हुनुभएको हो ।

यस्तै उपप्रमुखमा एमालेका गीता भाट १० हजार २८८ मत पाएर  विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का टीकाबहादुर रेस्मी आठ हजार ५७ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।
 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १२ : ०९ बजे