सुनसरी । सुनसरीको सुनसरीको गढी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी हुनुभएको छ ।
नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा आश नारायण चौधरी र उपाध्यक्ष पदमा अनिता कुमारी साह भारी मतले विजयी हुनुभएको हो ।
नेकपा एमालेका उम्मेदवार आश नारायण चौधरीले ८ हजार ९ सय १ मत र उपाध्यक्ष अनिता कुमारी साहले ७ हजार ८ सय १५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
नेकपा एमालेका तर्फबाट पालिकाको अध्यक्ष पदमा विजयी हुनुभएका आश नारायण चौधरीको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश दत्तले ५ हजार ३ सय ५० मत प्राप्त गर्नुभयो । त्यसैगरी नेकपा एमालेकी नेतृ अनिता कुमारी साहको प्रतिद्वन्द्वी नेपाली कांग्रेसकाकी राज कुमारी चौधरीले ५ हजार ८ सय ३८ मत प्राप्त गर्नुभयो ।
प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार १२ : ०४ बजे
प्रतिक्रिया