सुनकोसीमा तिमल्सिना, जुगलमा माओवादी–कांग्रेस गठबन्धन विजयी

सिन्धुपाल्चोक। सुनकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का टपिन्द्रप्रसाद तिमल्सिना विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रवण जिसीलाई ४२ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । तिमल्सिनाले पाँच ९३२ मत पाउनुभयो ।उपाध्यक्षमा नेपाली कांगे्रसकी कान्छी लामा पाँच हजार ९०४ मत प्राप्तगरी विजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी दुर्गा थापाले चार हजार ९७४ मत पाउनुभयो ।

जुगल गाउँपालिकामा माओवादी–कांग्रेस गठबन्धन विजयी भएको छ । अध्यक्षमा माओवादीका उम्मेदवार रेशम स्याङ्वो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित हुनुभयो ।

 स्याङ्वोले पाँच हजार ५७२ र श्रेष्ठले चार हजार ७६८ मत प्राप्त गर्नुुभयो । निकटतम् प्रतिद्वन्द्वी एमाले प्रमुखका उम्मेदवार जयबहादुर लामाले चार हजार ४०० र उपप्रमुखका निकटतम प्रतिस्पर्धी  सुनिता थापा लामाले तीन हजार ७०७ मत पाउनुभयो । पाँचपोखरी गाँउपालिकामा मतगणना जारी रहेको र  एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ११ : ४५ बजे