महोत्तरीको पिपरामा जसपा नेपाल विजयी

जलेश्वर।  महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । 

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार अध्यक्षमा जसपाका रामजानकी यादवले ५ हजार ५८२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अमितकुमार पाण्डेयले दुई हजार ९७७ मत ल्याउनुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा पनि जसपाकै बन्दना पाण्डेयले पाँच हजार ४० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी रविता कुमारीले तीन हजार ६२३ मत प्राप्त गर्नुभयो । 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १० : ५८ बजे