लालबन्दीमा कांग्रेस विजयी, गठबन्धन तेस्रो स्थानमा

सर्लाही । सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। यो सँगै गठवन्धनका उम्मेदवार तेस्रो स्थानमा पुगेका छन् । 

मेयरमा कांग्रेसका बासुदेव अधिकारी १ हजार ६७८ मतान्तरले विजयी हुनुभएको हो । उहाँले ९ हजार ५६१ मत पाउदा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर महतले ७ हजार ८८३ मत मात्र प्राप्त गर्नुभयो।

उपमेयरमा कांग्रेसकै कल्पना माया पाख्रिन ६७१ मतान्तरको विजयी हुनुभएको हो। उहाँले ८ हजार ८५० मत पाउदा प्रतिस्पर्धी एमालेकी सन्सरीमाया थिङले ८ हजार १५९ मतमात्र प्राप्त गर्नुभयो । 

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन बनेको थियो । तर, गठबन्धनका उम्मेदवार तेस्रोमा झरेका छन् ।

माओवादीबाट मेयरका उम्मेदवार प्रल्हादकुमार बुडाथोकीले ६ हनार १७५ र  एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार गोविन्दप्रसाद अधिकारीले ३ हजार ६४१ मत प्राप्त गर्नुभयो । 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १० : ३७ बजे