रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा काँग्रेस विजयी

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । 

अध्यक्षमा एमालेका मन्जित यादव सोनु ४ हजार ८ सय ३२ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी राप्रपाका तिलकसिंह बोहराले ३ हजार १ सय ३९ मत ल्याउनुभयो । 

उपाध्यक्षमा काँग्रेसकी सुनिता चौधरी ६ सय ८४ मतान्तरले विजयी हुनुभएको छ । चौधरी ४ हजार १ सय ३९ मतसहित विजेता बन्दा प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले ३ हजार ४ सय ५५ मत पाउनुभयो।

२३ हजार ९ सय २९ मतदाता रहेको ओमसतियामा १९ हजार २ सय २५ जनाले मताधिकार प्रयोग गरेका थिए । 

६ वटा वडा रहेको ओमसतियामा १ मा राप्रपाका बेल बराल, २, ३, ४ र ५ बाट क्रमशः काँग्रेसका सितल जिटी, प्रकाश सिंह, अखिलेश्वर कुमार पाण्डे र मदन प्रसाद पोखरेल विजयी बन्नुभएको छ।  ६ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवकुमार धवल निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : ३४ बजे