हालसम्म ५ सय २९ पालिकाको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ५ सय २९ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले २ सय ३९, नेकपा एमालेले १ सय ४७, नेकपा माओवादी केन्द्रले १ सय २, नेकपा एकीकृत समाजवादीले १७ र अन्यले २४ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय २३, नेकपा एमालेले १ सय ५७, नेकपा माओवादी केन्द्रले १ सय८, नेकपा एकीकृत समाजवादीले १७ र अन्यले २५ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार१ सय ७६, नेकपा एमाले १ हजार ६ सय ९५, नेकपा माओवादी केन्द्र ९ सय ८, जनता समाजवादी पार्टी १ सय ८९ र अन्य ४ सय ६३ गरी ५ हजार ४ सय ३१ जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : ०७ बजे