ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पर्सा – पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । अध्यक्षमा लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा गोकुलीकुमारी रेग्मी निर्वाचित हुनु भएको छ ।

एमालेका श्रेष्ठले ४ हजार ४९ मत ल्याएर विजय हुँदा नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठले ३ हजार ३२९ मत ल्याउनु भएको छ ।

माओवादीका श्रेष्ठ २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । अध्यक्षका अर्का उम्मेदवार नेपाली कांग्रेसका बृहस्पतिकृष्ण श्रेष्ठले २ हजार ५४८ मत ल्याउनु भएको छ ।

उपाध्यक्षमा निर्वाचित हुनुभएकी रेग्मीले ४ हजार २५९ मत ल्याउनु भएको छ । माओवादीकी निरु तामाङले ३ हजार ४३ मत ल्याउनु भएको हो । कांग्रेसकी चीन माया लामाले २ हजार ४३१ मत ल्याउनु भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ६ : ५२ बजे