सुनको मूल्यमा नयाँ कीर्तिमान

उपकुलपति जोशीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न  सर्वोच्चको आदेश

 

​​​​​​​काठमाडौं । बागमती प्रदेश सरकारले निलम्बन गरेका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति  प्राडा। विश्वराज जोशी लाई सर्वोच्च अदालतले पुर्ववत जिम्मेवारीमै रही काम कारबाही गराउन आदेश दिएको छ । निलम्बनको निर्णय विरुद्ध सर्वोच्च अदालत जानुभएका  जोशीलाई आज सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै काममा फर्कन आदेश दिएको हो । 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को दफा २४९१० ले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा वा पद अनुरूप आचरण नगरेको वा इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेको छैन भनी सभामा तत्काल कायम रहेका एक चौथाइ सदस्यले निवेदन दिएमा छानबिन गर्न सक्ने व्यवस्था हुँदा हुँदै बिना आधार सरकारले जोशीलाई हटाउन खोजेको बताउँदै अदालतले यो कार्य प्रथम दृष्टिमै अनुचित भएको ठहर गरेको छ । 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०५६ को दफा ८ बमोजिम अवधि किटान गरी नियुक्ति गरेको व्यक्तिलाई वस्तुनिष्ठ आधार कारणहरू नदेखाई स्वतः निलम्बन गरिनु प्राकृतिक न्यायको उल्लंघन भएको भन्दै अदालतले बागमती सरकारको उक्त निर्णय पूर्वाग्रही देखिएको उल्लेख गरेको छ । 

बागमती सरकारको उक्त कार्यले प्रतिष्ठान र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी समेतलाई अपूरणीय क्षति पुग्ने समेतको स्थिति देखिएको भन्दै अदालतले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेकलाई प्रतिष्ठानको उपकुलपति रही पूर्ववत् कामकारबाही गर्न गराउन आदेश दिएको हो । 

२०७७ साउन १६ गते चार वर्षका लागि उपकुलपतिमा नियुक्ति हुनुभएका प्राडा जोशीलाई बागमती प्रदेश सरकारले पदीय दायित्व पुरा नगरेको आरोप लगाएर निलम्बन गरेको थियो । 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ६ : २६ बजे