काठमाडौँ । दैलेखको आठबीस नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ ।
एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी हुनुभएको छ भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी बन्नुभएको छ ।
प्रमुख बडुवालले ५ हजार ३ सय २७ मत ल्याउनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी शाहीले ५ हजार ६६ मत प्राप्त गर्नुभयो ।
थापाले ५ हजार १ सय १३ मत प्राप्त गर्नुभयो उहाँकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निशा थापाले ४ हजार ९ सय ६५ मत ल्याएर पराजित हुनुभयो । नेकपा एमालेबाट आठबीस नगरपालिकाको वडा नम्बर १ मा बमबहादुर रावत, २ मा कलम कामी, ४ मा टेकबहादुर माझी, ६ मा नवराज शर्मा र ८ मा अदल शाही विजयी हुनुभएको छ ।
यस्तै, नेपाली कांग्रेसले ३ वडा जितेको छ । वडा नम्बर ३ मा नगेन्द्रराज कार्की, ५ मा बजर सिंह विक, ७ मा जैसिंह कठायत र ९ मा शेरबहादुर सिजापती विजयी हुनुभएको छ ।
प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार ४ : ३५ बजे
प्रतिक्रिया