आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बाराको निजगढ नगरपालिकामा नगरप्रमुख पदमा नेकपा एमाले विजयी 

बारा । बाराको निजगढ नगरपालिकामा नगरप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ । 

वर्तमान नगरप्रमुख सुरेश कुमार खनाललाई हराउँदै  एमालेका सुरथ पुरीले जित हात पार्नु भएको हो । पुरी ९ हजार ४ सय ७५ मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले जानकारी दिनुभयो । 

उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेकाे छ । नेकपा एमाले सोममया थिङले गठबन्धनका उपप्रमुख रबिराज दंगाललाई १ सय ४१ मतले हराउँदै जित हात पार्नु भएकी हो । उपप्रमुख थिङले ८ हजार ६ सय ५९ मत प्राप्त गर्नु भएको छ । गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार सुरेश खनालले ८ हजार ८ सय २३ मत र  उपप्रमुखमा रबिराज दंगालले ८ हजार ५ सय १८ मत मात्र ल्याउन सफल भएको हो । पुरी ६ सय ५२ मत बढी ल्याई विजयी हुनु भएको हो । 

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ४ : २५ बजे