देवदह नगरपालिकामा मेयर उपमेयर दुवै पदमा एमाले विजयी

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नगर प्रमुखमा नेकपा एमालेका नेता ध्रुव खरेल निर्वाचित हुनुभएको हो । 

एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बन्नुभएको खरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बन्नुभएका हिरा खत्रीलाई एक हजार ६२० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित हुनुभएको हो । 

खरेलले १२ हजार ९४३ मत पाउदा खत्रीले ११ हजार ३२३ मत प्राप्त गर्नुभयो । खरेलसँग पराजित हुनुभएका नेपाली कांग्रेसका जिल्ला सचिवसमेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईलाई पराजित गरी नगर प्रमुख निर्वाचित हुनुभएको थियो । 

त्यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकै विद्यालक्ष्मी गुरुङ निर्वाचित हुनुभएको छ । २०७४ सालमा उपप्रमुख निर्वाचित गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गर्नुभएको छ । ४८ हजार २९१ मत खसेको देवदहमा गुरुङले १३ हजार ७८४ मत पाउदा गिरीले सात हजार २९० मत पाउनुभयो । 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ४ : ११ बजे