आन्तरिक हवाई उडानमा अत्यधिक चाप

४ सय ५० पालिकाको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ४ सय ५० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले २ सय ५, नेकपा एमालेले १ सय २५, नेकपा माओवादी केन्द्रले ८९, नेकपा एकीकृत समाजवादीले १० र अन्यले २१ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले १ सय ९९, नेकपा एमालेले १ सय २८, नेकपा माओवादी केन्द्रले ९७, नेकपा एकीकृत समाजवादीले १३ र अन्यले १४ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ३१, नेकपा एमाले १ हजार ५ सय ८०, नेकपा माओवादी केन्द्र ८ सय ४६, जनता समाजवादी पार्टी १ सय ५८ र अन्य ४ सय २६ गरी ५ हजार ४१ जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ४ : ०६ बजे