मन्थली विमानस्थलमा पानी पस्यो

युक्रेनका राष्ट्रपतिद्धारा जर्मनी र फ्रान्सका नेतासँग फोनवार्ता

किभ।   युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले जर्मन  र फ्रान्सका नेताहरुसँग फोनवार्ता गर्नुभएको युक्रेनका राष्ट्रपतिको कार्यालयले मंगलबार जनाएको छ । मंगलबार उहाँले जर्मन चान्सलर ओलफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोसँग फोनवार्ता गर्नुभएको हो । 
 
सो फोनमा उहाँले पछिल्लो समयमा युक्रेनको अवस्थाका बारेमा कुराकानी गर्नुभएको थियो । उहाँले सो अवसरमा रुसमाथि थप नाकाबन्दी लगाउनका लागि जर्मनी र फ्रान्सका नेताहरु समक्ष आग्रह पनि गर्नुभएको थियो । जर्मन र फ्रान्सेली नेताहरुले युक्रेनका राष्ट्रपति जेलिन्स्किीलाई रुसमाथिको थप नाकाबन्दीका बारेमा आफूहरुले सोचिरहेको र थप नाकाबन्दी लगाउने बताउनुभएको थियो । 
 
साथै उहाँहरुले युक्रेनलाई थप सहयोगका लागि पनि आस्वासन दिनुभएको प्राप्त समाचारमा जनाइएको छ । रुसले युक्रेनमा गरेको सैन्य हमलापछि हाल युक्रेन द्धन्द्धमा परेको छ । यहाँका नागरिकलाई थप मानवीय सहयताका साथै रुसका विरुद्धमा चाल्नुपर्ने कदमका बारेमा उहाँहरुका बीचका कुराकानी भएको बताइएको छ । 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १ : २८ बजे